दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाली पानी जहाज (प्रमाण–पत्र र
रोजनामचा) ऐन, २०२७” रहेकोछ ।
(२) यो ऐन नेपाल  भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि पानी
जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता गरिएको र दर्ता गर्नुपर्ने पानी जहाज र सो पानी जहाजका
धनी, नाविक र कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।